समाचार

तोकिएको समयमा उडान नगर्नेमा अन्य देशको तुलनामा नेपाल एयरलाइन्स मुख्य



काठमाडौँ, १५ कार्तिक । विभिन्न कारण देखाउँदै उडानमा ढिलाइ गर्ने गरेका कारण नेपाल एयरलाइन्स धेरैजसो आलोचित भइरहन्छ । तोकिएको समयमा उडान नगर्नेमा अन्य देशको तुलनामा नेपाल एयरलाइन्स मुख्य बन्ने गरेको तथ्यांक बेला–बेलामा सार्वजनिक भइरहन्छ ।

आन्तरिक तथा बाह्य दुवै उडानमा ढिलाइ गर्ने नेपाल एयरलाइन्सले उडान ढिलाइ हुनुमा विभिन्न कारण देखाएर पन्छिने गरेको छ ।

हालै हङकङ अन्तर्रा्ष्ट्रिय विमानस्थले तयार पारेको अन टाइम पर्फमेन्स रिपोर्टमा हङकङका लागि नेपाल एयरलाइन्सको कुनै पनि उडान समयमा नभएको देखिएको छ । सो रिपोर्टमा देखिएअनुसार गत अगस्ट र सेप्टेम्बर महिनामा हङकङका लागि नेपाल एयरलाइन्सको कुनै पनि उडान समयमा भएको छैन । उडान ढिलाइ हुनुमा मुख्यतः ३ वटा कारण देखाइन्छ ।

अपरेसन, इन्जिनियरिङ तथा कमर्सियल । अपरेसनका कारण उडान ढिलाइ गर्नुमा मुख्य दोषी विमानका पाइलट हुन्छन् भने कहिलेकाहीं समयमै विमान मर्मतसम्भार नहुँदा पनि उडानमा ढिलाइ हुन्छ । विभिन्न लेखा राख्ने क्रममा ढिलाइ हुँदा पनि उडान प्रभावित हुन्छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।