राजनीति

गुल्मीमा नेकपाको उम्मेदवारको टुंगो लाग्यो



गुल्मी, १५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि गुल्मीमा उम्मेदवारको टुंगो लगाएको छ ।

गुल्मीको रुरु गाउँपालिका-६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको छ । सिञ्जाली सोही वडाका वडासदस्य हुनुहुन्छ । उहाँलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने भएको छ । नेपाली कांग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाएको छैन ।

रुरु गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा कांग्रेस र पूर्वमाओवादी केन्द्रको तालमेल थियो । तर पूर्वएमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नं ६ मा पनि जीत हासिल गरेको थियो ।