काठमाडौँ, १५ कार्तिक । शुक्रबार भूकम्प जाँदा स्थानीय त्रसित भएका छन् ।
बिहान ३ः५१ बजे बाग्लुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
म्याग्दी, बाग्लुङ, गुल्मी, प्युठान, रुकुम र रोल्पामा समेत भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भएको छैन ।










प्रतिक्रिया दिनुहोस्