समाचार

यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु, ३० घाइते



डोटी, १६ कार्तिक । डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् ।

आज बिहान शिखर नगरपालिका–१, गेरुपानीमा हिँडेको ना ७ ख ६१८१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र मृतकको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार, दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घटनामा करिब ३० जना घाइते भएको अनुमान प्रहरीले गरेको छ ।घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्दार गरेका छन् । उनीहरुको शैलेश्वरी अस्पताल दिपायल र सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको छ ।

बस सडकबाट करिब ४० मिटर तल खसेको र सो दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।