समाचार

नेपाली सेनाकाे कार्गाे विमान काठमाडौँ आइपुग्यो



काठमाडौँ, १६ कार्तिक । नेपाली सेनाको कार्गो सीएन २३५-२२० विमान काठमाडौँ आइपुगेको छ ।

सैन्य परिवहनका लागि इन्डोनेसियासँग खरिद गरेको सीएन २३५-२२० विमान बिहान १० बजेर ५६ मिनेटमा काठमाडौँ आइपुगेको पाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताएका छन ।

इन्डोनेसियाको वेस्टजाभा बान्डुङको हुसेन सास्त्रानेगारा एअरबेसबाट उडेको विमान काठमाडौँ आइपुगेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार इन्डोनेसियाको पीटी डिरागान्तारा (सरकारी कम्पनी)ले निर्माण गरेको विमान बहुउपयोगी छ ।

दुई वर्षअघि झण्डै साढे तीन अर्बमा नेपाली सेनाले खरिद सम्झौता गरेको थियो । यसका लागि नेपाली सेनाले सन् २०१७ को जुन महिनामा ३० मिलियन अमेरिकी डलरको सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।