बारा, १७ कार्तिक । जिल्लाको कोल्हवी नगरपालिका निवासी एक बाबुले पटकपटक आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बुवालाई पक्राउ परेका छन् ।
आफनै २२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अन्दाजी ४० वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिनुभयो । पीडित युवतीको अनुसार बुवाले पहिलादेखि नै पटकपटक जबरजस्ती करणी गर्दै आएका थिए । बिवाहपछि घरमा झगडा भई माइतीको शरणमा आएकी ती युवतीलाई बाबुले डर त्रास देखाएर बलात्कार गर्दै आएको प्रहरीको भनाई छ ।










प्रतिक्रिया दिनुहोस्