Banner News

सत्ताको सेवक बनेर धर्म चल्नु हुँदैन : उपप्रधानमन्त्री पोख्रेल



काठमाडौँ, १७ कार्तिक । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले धर्मलाई सत्तासँग जोडेर नहेर्न आग्रह गरेका छन् ।

आइतबार धापासीस्थित हरिहर मन्दिरमा आयोजित विशेष कार्यक्रममा श्री रामचरितमानस ग्रन्थको नेपाली अनुवाद ‘श्रीरामचरितमानस ‘तुलसी’ नेपाली छाया अनुवाद’ को लोकार्पण गर्दै उनले सत्ताको सेवक बनेर धर्म चल्नु नहुने बताएका हुन् ।

उनले भने, ‘सत्ताको सेवक बनेर धर्म चल्नु हुँदैन । धर्म सत्ताको सेवक बन्यो भने जनताको आस्थामा सिमित हुँदैन त्यो । त्यसले पाखण्ड प्रर्दशन गर्न थाल्छ । त्यसो गर्नुहुँदैन । धर्म नागरिकहरुको आस्था र विश्वास हो । कसैले पनि आस्थामा जोर जुलुम गर्नुहुँदैन । धर्म मानिहरुको आस्था र विश्वास भएकाले आस्था र विश्वास लाई परिस्कृत गर्दै मान्दै लैजानुपर्ने हुन्छ । जोर जुलम गर्नुहुँदैन । हामी कम्युनिष्ट पार्टीका मान्छेले धर्मलाई यसरी बुझ्छौ ।’

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डाक्टर जगमान गुरुङ्गले परापूर्व कालमा पनि देवताहरुले मिलेर श्रृष्टिको शासन चलाएको दृष्टान्त धर्मशास्त्रहरुबाट सिकेर शासन सञ्चालन गर्न राजनितिक दलहरुलाई सुझाव दिए ।