काठमाडौँ, १८ कार्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्माको पछिल्लो दिनहरु व्यापक सक्रियता देखाउनुभएको छ ।
आज प्रधानमन्त्री ओलीको नेतृत्वमा दुईवटा महत्वपूर्ण बैठकहरु बस्न लागेको छ । विहान ९ बजे नेकपाको सचिवालय बैठक बस्ने भएको छ । जसमा प्रदेश प्रमुखहरु नियुक्तिको बारेमा टुग्याईने स्रोतले बताएको छ । बैठकले प्रदेश प्रमुख बाहेकका पार्टीको वर्तमान परिस्थितीको बारेमा समेत छलफल गर्ने बताइएको छ । त्यस्तै ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरु नियुक्त गर्ने स्रोतले बताएको छ । अघिल्लो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नेकपाको महमत आइसके पनि आचारसंहिचा विपरित प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो । उक्त आचार संहिता विपरित गरिएको नियुक्तिलाई हिजो बसेको मन्त्रिी परिषद्को बैठकले पदमुक्त गर्ने वा हटाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्