समाचार

दुर्घटनामा परी डाक्टर बुवा र नर्स छोरीको मृत्यु



विराटनगर, १८ कार्तिक । मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा चिकित्सक बावु र पेसाले नर्स रहेकी उनकी छोरीको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा विराटनगरबाट इटहरीतर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का बुवा शुभलाल माझी र छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट अफिस आउने क्रममा दुर्घटनामा परी बावु– छोरीको ठक्करबाट गम्भीर घाइते उनीहरूको विराट नर्सिङ कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पताल र अञ्जलीकुमारी न्यूरो अस्पतालमा कार्यरत थिए ।