बझाङ, १८ कार्तिक । बझाङको बुंगल नगरपालिका वडा नं. १ मा निर्माणाधिन अवस्थामा रहेको ६५ मेगावार्टको कालङ्गा हाइड्रोपावरको सुरुङमा चार जना बेपत्ता भएका छन् ।
आइवार दिउसो करिव ३ बजेतिर बुङ्गल नगरपालिकाको सानिगाढको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्ने बेपत्ता हुनेहरुमा दैलेख जिल्लाका कर्ण बहादुर शाही र महेन्द्र शाही, अछाम जिल्ला घर भएका महेन्द्र साउद र बझाङ जिल्ला घर भएका शेर बहादुर धामी रहेको इलाका प्रहरी कार्यालय बुङ्गलले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्