राजनीति

प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस : कुन प्रदेशमा को ?



काठमाडौँ, १८ कार्तिक । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

बैठकले प्रदेश १ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको  एक मन्त्रीले जानकारी दिनुभएको छ ।