मुगु, १९ कार्तिक । आइतबारदेखि सुत्केरी हुन नसकेर छटपटाइरहेकी एक महिलाको उद्धार गरिएको छ ।
जिल्लाको विकट गाउँपालिका मुगुमका मारोङ्ग गाउँपालिका–८ माग्री गाउँकी ३४ वर्षीया कार्मायाङ्ग जुमलामाको लामो समयको सुत्केरी ब्यथाबाट स्वास्थ्य अवस्था कमजोर भएपछि सोमबार जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकप्टरद्वारा उद्धार गरिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धारगरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्