विश्व

मलेसियामा बस दुर्घटना हुँदा नेपाली कामदारसहित १४ जना घाइते



काठमाडौँ, १९ कार्तिक । मलेसियाको तपाहमा यात्रुवाहक बस दुर्घटना हुँदा नेपालीसहित १४ जना कामदार घाइते भएका छन् ।

सोमबार बिहान पाँच बजे पेनाङबाट आएको बस गेन्टिङ हाइल्याण्डतर्फ जाने क्रममा डिभाइडरसँग ठोक्किएर दुर्घटना इण्डोनेसियन र नेपाली गरी १४ जना कामदार घाइते भएको त्यहाँको स्थानीय पत्रिका ‘द स्टार’ले जनाएको छ ।

प्रहरीका अनुसार १९ देखि ४२ वर्ष उमेर समूहका कामदारहरु बसमा सवार थिए । उनीहरुले हिल रिसोर्टमा छुट्टि मनाउन भनेर बस बुक गरेका थिए ।

घाइते१४ जनालाई सामान्य चोटपटक लागेको र उपचारको लागि तपाह अस्पतालमा लगिएको जनाएको छ ।