समाचार

तीन दिनको मौसम सम्बन्धी विवरण



काठमाडौँ, १९ कार्तिक । मंगलबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार

दिउँसो देशको मध्य र पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशका पूर्वी र मध्य पहाडी भूभागको १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार

देशको पश्चिम भू–भागलगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशका पश्चिमी भूभागको १–२ स्थानहरुमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ । राति देशको पश्चिम भूभागलगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १–२ स्थानहरुमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ ।

बिहिबार

देशको पश्चिम भू–भागलगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशका पश्चिमी भूभागको १–२ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडि भू–भागमा १–२ स्थानहरुमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ । राति देशको पश्चिम भु९भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलि रहने छ।