Banner News

शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ, हिजो जस्तो अवस्था छैन : गृहमन्त्री थापा



बुटवल, १९ कार्तिक । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा दुई तिहाईको स्थायी सरकार आएसँगै शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ, हिजो जस्तो अवस्था नभएको दावी गर्नुभएको छ ।

गृह मन्त्रालय र प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा आज बोल्दै गृहमन्त्री थापाले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफ भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ, हिजो जस्तो अवस्था छैन,’ गृहमन्त्री थापाले भने, ‘शान्ति सुरक्षामा जुन समस्याहरु देखा परेका थिए, मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयासहरु भएका थिए, ती प्रयास धेरै हदसम्म समाधान भए ।’

पूर्वसभामुख कृष्णबहादुर महरा, सांसद अफताव आलममाथि भइरहेको कानुनी कारवाहीतर्फ इंगित गर्दै गृहमन्त्री थापाले कानून कार्यान्वयनको प्रक्रिया ठोसरुपमा अघि बढेको स्पष्ट पार्नुभयो ।

प्रदेश प्रहरी गठनको लागि कानुनी प्रकृया धेरै अगाडि बढिसकेको भन्दै उनले अब छिट्टै प्रदेश प्रहरी गठनले सार्थकता पाउने बताउनुभयो ।