Banner News

अब ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने



काठमाडौँ, २१ कार्तिक । सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ ।

राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो । परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सबै क्षेत्रका युवाका नीतिगत समस्यालाई एकै थलोबाट प्रधानमन्त्रीलाई प्रत्यक्ष संवाद गरी जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गर्न लागिएको जानकारी गराएका छन ।

परिषद्ले उद्योग, राजनीति, कृषि, वैदेशिक रोजगारबाट फर्किएका युवा, गैरसरकारी संस्था, वैज्ञानिक, उद्यमीलगायत क्षेत्रमा काम गर्ने युवासँग छलफल गरेर उनीहरुका समस्या पहिचान गर्नेछ ।

विभिन्न क्षेत्रमा आएका युवाका समस्यालाई एकै मञ्चमा सिधै प्रधानमन्त्रीसँग राखिने छ । साथै प्रधानमन्त्रीले समेत उक्त मञ्चबाट युवाका समस्यालाई सम्बोधन गर्ने छन । युवा र प्रधानमन्त्रीबीच युवाका सवालमा प्रत्यक्ष संवाद र अन्तक्र्रियाको अवसर सिर्जना गर्नु कार्यक्रमको उद्देश्य रहेको छ ।