Banner News

देशलाई समृद्ध बनाउन कृषि उत्पादनमा सरकारको थप जोड : उपराष्ट्रपति पुन



काठमाडौँ, २१ कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल सरकारले देशलाई समृद्ध बनाउन कृषि उत्पादनमा थप जोड दिएको बताएका छन ।

आजदेखि शुरु भएको ललितपुर महानगरपालिकाको आयोजनामा सिटीनेटको ३८औँ अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल सरकारले देशलाई समृद्ध बनाउन कृषि उत्पादनमा थप जोड, देशमा सम्भावना भएसम्मको खनिज उत्खनन, जलवायु परिवर्तन र पर्यटन विकासमा जोड दिन लागिपरेको बताएका हुन ।

उपराष्ट्रपति पुनले नेपालका सबै नगरपालिकालाई एशिया-प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत तिनीहरुसँग सरोकार राख्ने लगानीकर्ताहरुको संस्था ९सिटीनेट० को सदस्य बनाउन आग्रह समेत गरेका छन ।

मुलुकको विकासका लागि वैदेशिक लगानीको अति नै खाँचो रहेको बताउदै उनले नेपालको समृद्धि बढाउने पूर्वाधार भनेकै पर्यटन रहेकाले भ्रमण वर्ष २०२० मा सबै सदस्य राष्ट्रका मानिसलाई सपरिवार नेपाल घुम्न आउन आग्रह गरेका छन  ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपाल २९ वर्षअघि देखि सिटीनेटमा आबद्ध भएको बताउदै  उनले भने, ‘एशिया प्रशान्त क्षेत्रका बढी राष्ट्रहरु सिटीनेटमा आबद्ध भएका छन् ।’