काठमाडौँ, २१ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई लण्डनमा भइरहेको World Tourism Market मा नेपालको पर्यटन प्रबर्द्धनका बिभिन्न काममा सहभागि हुँदै अन्य केही महत्वपूर्ण भेट्घाट गरेका छन् ।

मन्त्री भट्टराईले Rt. Hon. Tony Baldry जो करिब ३० बर्षसम्म सांसद र पटक पटक मन्त्री भएका र नेपालका लागि UK का पूर्व राजदुत Mr. Andrew Sparkes जो हाल Britan – Nepal Society का अध्यक्ष समेत रहेका छन, त्यस्तै नेपालका लागि बेलायतका नबनियुक्त राजदुत Ms. Nicola Pollitt सँग भेट्घाट गरेका छन् ।

भेटको क्रममा नेपाली दुतावास लन्डनमा नेपाल र बेलायतको सम्बन्धका साथै नेपाल भ्रमण बर्ष २०२० र अन्य बिभिन्न बिषयमा छलफल भएको जनाइएको छ ।

यसका लागि नेपाली राजदुत महामहिम दुर्गा सुबेदीलाई मन्त्री भट्टराईले धन्यवाद दिएका छन ।










प्रतिक्रिया दिनुहोस्