Banner News

प्रधानमन्त्री ओलीले बोलाए लिपुलेक विवादमा सर्वपक्षीय बैठक



काठमाडौँ, २३  कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विवादबारे छलफल गर्न सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् ।

शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए । बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ । सरकारले एकपक्षीय नक्सा मान्य नहुने बताएको छ ।

जवाफमा भारतले आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको बताइसकेको छ ।