समाचार

जुम्ला सदरमुकाममा आगलागी



जुम्ला, २३ कार्तिक । जुम्ला सदरमुकाममा आगलागी भएको छ ।

खलंगाको मुख्य बजारमा रहेको नेवा किचनको माथिल्लो तलामा आगलागी भएको हो । उक्त गलागी भएको ५ मिनेटमै दमकल, नीय प्रशासन, सुरक्षा निकाय र नगरपालिका र स्थानीयको  पहलमा नियन्त्रणमा लिन सफल भएको छ ।

शनिबार बिहान ९ बजतिर आगलागी भएको हो । होटलमा आगो लागेको देखेपछि प्रजिअ दुर्गा बञ्जाडेले सुरक्षा अधिकारीहरुलाई खबर गरी ५ मिनेटमै दमकल पुर्‍याउन सफल हुँदा जुम्लाको पुरै शहर जोगिएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले जनाएका छन ।