काठमाडौँ, २४ कार्तिक । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका नेपाल आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मंगलबार (२६ गते) हमिद नेपाल आउने लागेका हुन् ।
नेपालमा रहँदा हमिदले समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा हमिद पोखरा पनि जाने परराष्ट्रले जनाएको छ । हमिद शुक्रबार स्वेदश फर्कने छन् ।










प्रतिक्रिया दिनुहोस्