भक्तपुर, २४ कार्तिक । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ ।
ईलाम घर भई हाल चाँगुनारायण ९ ताथली फैढोका बस्ने ४६ बर्षीय छवि भण्डारीको बा. ६६ प. ७४७४ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई नालीमा खस्दा घाइते भएका थिए ।
उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्