काठमाडौँ, २५ कार्तिक । नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा परित्याग गर्दै विप्लवका दर्जनौ कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।
नारायणी व्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोनसहित विभिन्न गाउँ कमिटीका २० जना पदाधिकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिव तथा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले बताएका हुन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विरोध खतिवडाले पार्टी प्रवेश गर्नेहरूलाई टीका र खादा लगाएर स्वागत गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्