काठमाडौँ, २५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतको सीमाको समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका छन् ।
आज प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उत्तेजना फैलाएर समस्या समाधान नहुने बताउदै उनले अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका हुन ।
कालापानी र सुस्तामा सीमा समस्या छ भनेर दुबै देशले स्वीकार गरेको भन्दै प्रचण्डले, ‘हामी एक इन्च जमिन पनि छोड्न सक्दैनौं, अरुको एक इन्च जमिन पनि चाहिएन’ भन्ने मान्यतामा उभिनुपर्ने बताए।
उनले भने, ‘लिम्पियाधुरा महाकालीको मुहान हो । महाकाली नदी सीमा नदी हो’ यसमा कुनै कन्फ्युजन छैन, प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्छ ।, ‘सीमा समस्या अहिल्यै अन्तर्राष्ट्रियकरण गर्ने समय भएको छैन ‘अन्तर्राष्ट्रियकरण गर्यो भने झन् समस्या पैदा हुन्छ ।’










प्रतिक्रिया दिनुहोस्