Banner News

मन्त्री यादव र जापानी प्रेसिडन्ट डा. इवानागाबीच शिष्टाचार भेटवार्ता



काठमाडौँ, २६ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादव र जापानी प्रेसिडन्ट अफ जापान इन्टरनेशनल रिसर्च सेन्टर फर एग्रिकल्चरल साइन्सेजका डा. मासारु इवानागाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्री यादवको कार्यकक्षमा भएको सो भेटमा नेपालका लागि जापानी राजदूत मासामिची सैगोको पनि सहभागीता रहेको थियो । भेटका अवसरमा मन्त्री यादवले निरन्तरको जापानी सहयोगको लागि धन्यवाद व्यक्त गर्दै यस्ता खाले भ्रमण, छलफल र सहकार्यले सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्नुभयो । मन्त्री यादवले जापानले गरेको सहयोगको उच्च मूल्यांकन गर्दै कृषिको मूल्य अभिवृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

मन्त्री यादवले नेपालमा राजनीतिक स्थिरता, कानूनी एवं संरचनागत सुधारले विदेशी लगानीको वातावरण निर्माण भएको जानकारी गराउँदै जापानको सरकारी र निजी दुबै स्तरबाट नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

भेटमा जापानका प्रेसिडन्ट अफ जापान इन्टरनेशनल रिसर्च सेन्टर फर एग्रिकल्चरल साइन्सेज डा. मासारु इवानागाले कानून र पूर्वाधार निर्माणमा नेपालले गरेको प्रगतिसँगै जापानी लगानीकर्ता नेपालमा लगानी गर्न आउन इच्छुक र उत्सुक बताउनुभयो ।

कृषि उत्पादनमा नेपालको भौगोलिक विविधता महत्वपूर्ण रहेको बताउँदै उहाँले कृषिको विकास र लगानीका लागि नेपाल कृषि अनुसान्धान परिषद ९नार्क०सँग समन्वय गर्ने कार्य भइरहेको जानकारी गराउनुभयो ।