राजनीति

बंगलादेशी राष्ट्रपति हमिद र मन्त्री ज्ञवालीबीच शिष्टाचार भेटवार्ता



काठमाडौँ, २७ कार्तिक । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार साँझ राजधानीमा उहाँहरूबीच भेट भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तामा दुई पक्षीय सम्बन्ध, परराष्ट्र नीति, सहकार्यलगायतका बारेमा छलफल भएको बताइएको छ ।

भ्रमणका समयमा विभिन्न सम्झैताहरु समेत हुने बताइएको छ । नेपालमा रहँदा राष्ट्रपति हमिदले समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । उहासँग पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्ने जनाइएको छ ।

नेपाल बसाइँका बेला बंगलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौँ उपत्यकाका चन्द्रागिरी लगायतका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नुहुने छ । राष्ट्रपति हमिद शुक्रबार स्वेदश फर्कने कार्यक्रम रहेको छ ।