धरान, २७ कार्तिक । धरानमा उपनिर्वाचन नजिकिदै गर्दा संघीय समाजवादी पार्टीको २ जना वडा कमिटी अध्यक्षसहित १४ जना नेता तथा कार्यकर्ता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
मंगलबारे चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलबार समाजवादी पार्टीको धरान उपमहानगर कमिटीको सचिवालय सदस्य तथा वडा नं ११ का अध्यक्ष अध्यक्ष यम (किराँती) राई, संघीय समाजवादी कलाकार सांस्कृतिक मञ्च धरानका अध्यक्ष एवम् समाजवादी १७ नम्बर पुर्वअध्यक्ष मिलन राईसहित १४ जना नेकपामा प्रवेश गर्नुभएको हो ।
राईसहित अन्य नेकपामा प्रवेश गर्नेहरुमा शारदा राई, गङ्गा परियार, प्रदिप लिम्बु, मोहन राई, दिपेश राई, खेमराज वि।क।, समीर थापा, एटम राई, जेवि राई, शिशिर मगर, शुष्मा मगर, भुमिका राई लगायत रहनुभएको छ ।
उहाहरुलाई कार्यक्रमको प्रमुख अतिथि एवं नेकपाका प्रदेश कमिटी सदस्य तथा नेता आइन्द्रविक्रम वेघाले पार्टी प्रवेश गराउनुभयो । वेघाको प्रमुख आतिथ्यता भएको पाटी प्रवेश कार्यक्रमा नेकपा धरानका अध्यक्ष नारायण सुवेदी,सदस्य राजमणि निरौला लगायतका नेताहरुले वधाई तथा शुभकामना दिनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्