समाचार

छोराको कुटाइबाट बाबुको मृत्यु



महात्तरी, २७ कार्तिक । जिल्लाको मटिहानी नगरपालिका–८ मा गएराति बाबुछोराबीच झैझगडा हुँदा छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ ।

मृत्यु हुनेमा ५५ वर्षीय रामसुन्दर राम रहेको प्रहरीले जनाएको छ । छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्कामा निजलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

शवपरीक्षणको प्रतिवेदनपछि मात्रै घटनाका बारेमा स्पष्ट भन्न सकिने प्रनाउ बुढाथोकीले बताए । प्रहरीले शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगेको छ ।