Banner News

ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गरेर छाड्छौं : मन्त्री अर्याल



वीरगञ्ज, २७ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको सीमा तथा भूमि एक इन्च पनि अरुलाई नदिने उद्घोष गर्दै ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गरेर छोड्ने प्रतिवद्धता जनाउनुभएको छ ।

पर्साको वीरजञ्जमा आयोजीत पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री अर्यालले आफ्नो भूमि जोगाउन सरकारले कुनै कसर बाँकी नराख्‍ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकारले लिपुलेख, कालापानी र लिम्पियाधुरा लगायतको नेपाली भूमि जोगाउन कुनै कसर बाँकी राख्दैन । ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गरेर छोड्छ ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रालयले आयोजना गरेको आ.ब. ०७५⁄०७६ को वार्षिक प्रगति समिक्षा गोष्ठी एवं प्रदेशस्तरीय दुई दिने अन्तरक्रिया कार्यक्रमा सहभागी हुन आइपुग्नुभएकी मन्त्री अर्याल सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्नेमा जोड दिँदै लिपुलेख, कालापानी नेपालकै नक्सामा राखिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लिम्पियाधुराको सवालमा प्रमाणहरु जुटाउँदै गरेको छ । लिपुलेख र कालापानी नेपालको नक्सामा नै राखिसकियो ।’