काठमाडौँ, २८ कार्तिक । नेपाल–भारत सीमा जोडिएका १५ जिल्लाका ९६१ स्थानमा सीमा अतिक्रमण भएको देखिएको छ । सशस्त्र प्रहरी बलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा भारतसँग सिमाना जोडिएका ९६१ स्थान सीमा विवाद रहेको उल्लेख छ ।
सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले हरेक महीना सीमाा क्षेत्रको अतिक्रमण, विवाद र त्यहाँ बनेका घरटहराका विषयमा विवरण पठाउने गर्छ । उक्त विवरणअनुसार इलाममा १८, झापामा ३५, मोरङमा १९ र सुनसरीमा ३९ स्थानमा भारतीय अतिक्रमण भएको छ।
त्यस्तै सप्तरीमा २१, सिरहामा ६३, धनुषामा ६५, महोत्तरीमा ४५ र सर्लाहीमा १५१ स्थानमा सीमा विवाद देखिएको छ। विवरणअनुसार रौतहटमा ८ स्थान, बारामा १४ स्थान र सबैभन्दा बढी पर्सामा ४ सय ५४ स्थानमा सीमा विवाद देखिएको छ। कैलालीमा २ र कंचनपुरमा २७ स्थानमा विवाद देखिएको सशस्त्रको प्रतिवेदनमा उल्लेख छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्