काठमाडौँ, २९ कार्तिक । समाजवादी पार्टीले तत्काल सरकार नछोड्ने भएको छ ।
तत्कालिन नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टीबीच एकिकरण पश्चात बनेको समाजवादी पार्टीको बिहीबार बसेको पहिलो संघीय परिषद् बैठकले सरकार नछोड्ने निर्णय गरेको हो ।
आजको बैठकमा डा। बाबुराम भट्टराइले लगेको मध्यमार्गी प्रस्ताव अनुसार केहि समय सत्तारुढ दललाई कुर्ने र संविधान संशोधनको लागि दबाब दिने नीति लिएसँगै तत्कालको लागि संकट टरेको हो ।
सत्तारुढ दलले केहि समयदेखी मन्त्रीपरिषद पूर्नगठनमा समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा हुने निर्णयलाई पर्खदैं आएको थियो । यस सँगै एकाध दिन भित्रैमा मन्त्रीपरिषद पूर्नगठन हुने मानिएको छ ।










प्रतिक्रिया दिनुहोस्