काठमाडौँ, २९ कार्तिक । सुत्केरी हुन नसकेपछि ४७ वर्षीय एक महिलाको हेलिकप्टरबाट उद्धार गरीको छ ।
जाजरकोटको छेडागाड नगरपालिका–९ की ४७ वर्षीय पाना कामीको कात्तिक २५ गते सुत्केरी हुने मिति चिकित्सकले दिएको भए पनि बुधबारसम्म सुत्केरी हुन नसकेपछि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोग र छेडागाड नगरपालिकाको समन्वयमा कामीको बुधबार बेलुका उद्धार गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्दा तीन दिनपछि उनको उद्धार गरी सुर्खेतस्थित वीरेन्द्रनगर प्रदेश अस्पतालमा भर्ना गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्