समाचार

करेन्ट लागेर दुई भारतीय कामदारको मृत्यु



काठमाडौँ, २९ कार्तिक । करेन्ट लागेर दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।

दमौली, तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ मा स्वाथ्यचौकीको भवनमा काम गर्दा मेशिन सर्ट भएर कन्टेर लाग्दा भारतको २५ वर्षीय सागर आलम र २२ वर्षीय आजद आलमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुत्यु भएकालाई पोष्टमाटम गर्नको लागि दमौली अस्पातलमा ल्याईएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।