राजनीति

प्रधानमन्त्री सचिवालयका को –को को भयो, राजीनामा स्वीकृत



काठमाडौ ,२९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका ६ जनाको राजीनामा स्वीकृत गरेका छन ।

प्रधानमन्त्री निकट श्रोतका अनुसार प्रधानमन्त्री ओलीकै आग्रहमा राजीनामा दिएका सचिवालयका ११ जनामध्ये ६ जनाको मात्र राजीनामा स्वीकृत गरेको हो ।
प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, तथा सचिवालयका कृष्ण पौडेल, घनश्याम भट्टराई र उदय पोखरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ ।

यससँगै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, मुख्य स्वकीय सचिव इन्द्र भण्डारी, मिडिया विज्ञ रामशरण बजगाई र होम रिमाल भने सचिवालयमै यथावत रहने भएका छन् ।