राजनीति

सीमा समस्या समाधान गर्न वर्तमान सरकार सफल हुन्छ : प्रवक्ता श्रेष्ठ



काठमाडौँ, ३० कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँगको सीमा विवाद समाधान गर्न वर्तमान सरकार सफल हुने बताउँदै तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले लिम्पियाधुरा, कालापानीलगायतका नेपाली भूमि भारतले अतिक्रमण गरेको उल्लेख गर्दै यो समस्याको समाधान गर्न उच्चस्तरीय राजनीतिक कूटनीतिक संवादको विकल्प नरहेको आफ्नो पार्टीको निष्कर्ष रहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओली नेतृत्वको अघिल्लो सरकारले भारतबाट हुने नाकाबन्दीको अन्त्य गरेर भारतलाई झुकाउन सफल भएको थियो । अब दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न पनि वर्तमान सरकारबाट सम्भव छ ।’