समाचार

दुई भाइको कुटाइबाट दिदीको मृत्यु



मोरङ, ३० कार्तिक ।  मोरङमा दुई भाइको कुटाइबाट एक दिदीको मृत्यु भएको छ ।

शुक्रबार साँझ कानेपोखरी गाउँपालिका-१ होक्लाबारीमा जग्गाको विषयमा बादविवाद गरी झगडा गर्दा भाइहरु ५१ वर्षीय बिजय किस्कु र ३२ वर्षीय बिरेन्द्र किस्कुको कुटाइबाट दिदी ५५ वर्षीया सिता सोरेनको मृत्यु भएको हो ।

भाईहरुको कुटाईबाट भएकी उनलाई उपचारको लागि विराट नर्सिङ होम अस्पताल विराटनगरमा लगिएकोमा उपचारको क्रममा राति १० बजे मृत्यु भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कुटपिट गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।