Banner News

श्रमिकको जोखिमपूर्ण जीवनमा सुधारका लागि सामाजिक सुरक्षा योजना : मन्त्री विष्ट



काठमाडौँ, १ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लागू गरेको सामाजिक सुरक्षा योजनाले श्रमिकहरुको जोखिमपूर्ण जीवनमा सुधारका लागि भएको उल्लेख गर्नुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सामाजिक सुरक्षा योजनाले सबै श्रमिकहरुको जोखिमपूर्ण जीवनमा सुधार ल्याउने भएकाले यसको कार्यान्वयनमा सबै पक्ष अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले अघि बढाएको सामाजिक सुरक्षाको योजनालाई सफल बनाउन सबैको साझा प्रयास हुन जरुरी छ । आम नागरिकको जीवनमा सुधार ल्याउने यस्ता खालका कार्यक्रममा सरकारलाई साथ दिनु सम्बन्धित सबै पक्षको दायित्व पनि हो ।’

मन्त्री विष्टले नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ लागू गरिएको सो योजनालाई सार्थक बनाउन सम्बन्धित सबै पक्षले साझा प्रयास गर्नुपर्ने आवश्यक्ता रहेको औंल्याउनुभयो ।