समाचार

वनभोजबाट फर्केको बस दुर्घटना : ११ जना घाइते



काठमाडौँ, १ मंसिर । मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङमा बस दुर्घटनामा १० जना घाइते भएका छन् ।

मोरङको उर्लाबारी राजघाटबाट कन्याममा वनभोज खाएर फर्कँदै गरेको को १ ख ५३३८ नम्बरको बस रोङ्ग गाउँपालिका-३ कोल्बुङ्गमा शनिबार साँझ दुर्घटनामा परेको हो ।

घाइतेहरुलाई उपचारको लागि झापा पठाएको प्रहरी चौकी किटेनी प्रहरीले जनाएको छ । घाइतेहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।