समाचार

हिमाल आरोहण गरेर फर्किने क्रममा विदेशी नागरिकको मृत्यु



सोलुखुम्बु, १ मंसिर । आइलम्पिक पिक आरोहण गरेर फर्कने क्रममा लडेर एक डेनिस एक नागरिकको मृत्यु भएको छ ।

पिक आरोहण गरी फर्कने क्रममा सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ मा शुक्रबार ३५ वर्षीय आन्ड्रेस ब्याक पेडर्सनको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

कानुनी प्रक्रिया पुरा गरी शवलाई सिम्रिक एयरलाइन्सको हेलिकप्टरबाट काठमाडौँको त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।