राजनीति

आइजीपीद्वारा पूर्वप्रहरीले शान्ति सुरक्षामा नेपाल प्रहरीलाई सहयोग गर्न आग्रह



काठमाडौँ, १ मंसिर । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले पूर्वप्रहरीले आफ्नो ज्ञान, सीप, कला र कौशललाई प्रयोग गर्दै शान्ति सुरक्षामा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन ।

काठमाडौँको धापासीस्थित नेपाल पूर्वप्रहरी सङ्गठनको २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आइजीपी खनालले शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको योगदान मत्वपूर्ण हुने उल्लेख गरे ।

पूर्वप्रहरी कर्मचारीको हकहितका लागि प्रहरी सङ्गठन तत्पर रहेको उल्लेख गर्दै उनले पूर्वप्रहरी सङ्गठनको विकासका लागि आवश्यक योजनासहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कर्तव्य पालनाको सिलसिलामा अशक्त भएका प्रहरी कर्मचारीका एक जना सन्ततिलाई कक्षा ६ देखि स्नातक तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने भनी प्रहरी दिवस २०७६ को अवसरमा घोषणा भई कार्यान्वयनमा आएको उनले जानकारी दिइ  ।

यस्तै नागरिकको सुरक्षा एवं कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त प्रहरीका सन्ततिहरुमध्ये एक जना छोरीको शुभ विवाहमा संस्थागत अभिभावकत्व बहन गर्दै चालू आर्थिक वर्षदेखि प्रहरी कल्याण कोषबाट रु ३० हजार अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।