काठमाडौँ, १ मंसिर । कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराई(अधिकारी)ले मतदातालाई घर–घरै पुगेर भेटेकी छन् ।
विद्याले बालबालिका, वृद्धवृद्धा, अपांग, दलित र विकासको मूल प्रवाहबाट पछि परेको समुदायलाई सशक्तीकरण गर्न अहिलेको सरकारले ऐन, कानुन निर्माण गरिरहेको बताइन् ।
उनले पोखरा ११ मा रहेको काहुँ घरहरालगायतका पर्यटकीय क्षेत्रलाई देशविदेशमा चिनाउनु आफ्नो उद्देश्य रहेको बताउदै उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको सपना छ । सबै पोखरेलीको सपना नै मेरो एजेन्डा हो ।’
उनले दुःखद् परिस्थितिका कारण शोकलाई शक्तिमा बदलेर जनतामा आएको उल्लेख गरिन् । उनले ५ वर्षका लागि जनमत पाए पनि बीचमै उपचुनाव गर्नुपर्ने अवस्थामा जनताले फेरी नेकपा, अहिलेको सरकार र आफूलाई सानदार रुपमा विजयी गराउने अपेक्षा गरिन् ।










प्रतिक्रिया दिनुहोस्