समाचार

रुखबाट लडेर एक जनाको मृत्यु



संखुवासभा, १ मंसिर ।  संखुवासभामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान खाँदबारी-९ संखेपिपलमा घरबाट घाँस काट्न गएका तुलिङ्टारका अन्दाजी ४०/४२ को कान्छा लिम्बुको रुखबाट लडेर मृत्यु भएको हो ।

उनलाई दिउँसो सालको रुख मुनि घोप्टो परी मृत्यु भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाउनासाथ बिमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट प्रहरीको टोली खटिएको थियो ।

उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।