कञ्चनपुर, १ मंसिर । कञ्चनपुरमा सडक छेउ रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार राति कृष्णपुर नगरपालिका-२ बाणीमा नम्बर नभएको (अन टेस्ट) पल्सर मोटरसाइकल सडक छेउ रोकी राखेको ना ३ ख १४२४ नम्बरको ट्रकमा ठोक्किँदा कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका दुवै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्