समाचार

सरकार सीमा विवादमा झुक्दैनः मन्त्री ज्ञवाली



गुल्मी, १ मंसिर । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकार सीमा विवादमा नझुक्ने बताएका छन् ।
आज गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नम्वर २ मा बनेको नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सीमा विवादमा सरकार नझुक्ने बताएका हुन् ।

भारतसँग देखिएको सीमा विवादबारे ऐतिहासिक तथ्यका आधारमा कुटनैतिक पहलबाट छलफल गरेर सरकार आफ्नो भुमिको रक्षा गर्न सक्षम रहेको बताउदै उनले भने, ‘राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका सवालमा सरकार कसैसँग झुक्दैन, उच्चस्तरीय कुटनैतिक पहलबाट विवाद समाधान गरेर लिम्पियाधुरा लगायत मिचिएको नेपाली भूमि फिर्ता गरिने छ, सरकार यसमा आश्वास्त हुन नेपाली जनातालाई आग्रह गर्दछौं ।’