Banner News

घुमाउरो सडक होइन, पहाड छेडेर फास्ट स्पिडको रेल ल्याउनुपर्छ : अध्यक्ष दाहाल



काठमाडौँ, २ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले घुमाउरो सडक निर्माण गर्नुभन्दा पहाड छेडेर टनेल बनाउँदै फाष्ट रेलवे बनाउनु पर्ने बताएका छन् ।

आज राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले फाष्ट स्पिड रेलको युग सुरू भएको बताएका हुन । उनले भने, ‘अब हामी पूर्वाधार निर्माणमा जानुपर्छ । घुमाउँरा बाटो होइन पहाड छेडेर टनेल बनाउँदै फाष्ट रेल बनाउनुपर्छ ।, हामी फाष्ट स्पिडको जमानातिर जानुछ, पर्यटन क्षेत्रमा पनि नयाँ विकास गर्नुछ ।’

विकास निर्माणका काम गरेर सन्देश दिनुपर्ने बताउदै उनले भने, ‘विदेशमा गर्मी छ । एकखाले नर्कमा बस्नुपर्छ, ‘प्राकृतिक हिसाबले नेपाल त स्वर्ग हो नि ।’

उपनिर्वाचनमा सक्रिय सहभागिता जनाउन युवा संघलाई आग्रह गर्दै भने, ‘साथीहरूको रिपोर्ट अनुसार कांग्रेस, राप्रपालगायत दलले जितेका ८० प्रतिशत ठाउँमा हामी जित्दैछौं, ‘उपनिर्वाचन सानोतिनो अग्नि परीक्षा हो । यसमा हामी पास हुनुछ ।’