राजनीति

कालापानीलगायतको मिचिएको भूभाग नेकपाले मात्र फिर्ता गराउन सक्छ : नारायणकाजी श्रेष्ठ



भक्तपुर,  २ मंसिर । नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले नेपालको कालापानीलगायतको मिचिएको भूभाग नेकपाले मात्र फिर्ता गराउन सक्ने बताउनुभएको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) का नेकपा उम्मेदवार डीपी ढकाललाई भोट माग्न जनताको घरदैलोमा पुग्नुभएका नेता श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि पनि नेकपालाई चुनावमा जिताउनै पर्ने बताएउनुभयो ।

उम्मेदवार ढकाललाई जिताउन मतदातासँग आग्रह गर्दै श्रेष्ठले भन्नुभयो, ‘नेपालको कालापानीलगायतको मिचिएको भूभाग नेकपाले मात्र फिर्ता गराउन सक्छ ।’ नेकपाको सरकारले स्पष्ट रुपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको उहाँले दाबी गर्नुभयो ।

घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले भक्तपुरले रोजेको जनताले खोजेको व्यक्ति डिपी ढकाल नै भएको उल्लेख गर्दै भक्तपुरको विकास र समृद्धि तथा जनताको चाहना, आवश्यकतालाई पुरा गर्न ढकाल र आफु सदैब सँगै सहयात्री भई भक्तपुरको मुहार फेर्न लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

चुनावी कार्यक्रममा नेकपा प्रवक्ता श्रेष्ठसहित सांसद् बस्नेत, प्रदेश नेकपाका केन्द्रिय सदस्य एवम् प्रदेश सांसद् रामेश्वर फुयाल, जिल्ला इञ्चार्ज दिलीप प्रजापति, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, जिल्ला अध्यक्ष बचन देउजालगायतको सहभागिता रहेको थियोे ।