राजनीति

नेमकिपामा खडेरी लाग्दै : वडा अध्यक्षका उम्मेदवारसहित दर्जनौं नेता नेकपामा प्रवेश



भक्तपुर, २ मंसिर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) परित्याग गरी दर्जनौं कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका वडा नम्बर ८, सुडाल नेमकिपाबाट वडा अध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना आइतबार पार्टी प्रवेश गरेको हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा नारायण घिमिरे, रमेश दुलाल, लब खड्का, विनोद फुयाँल, कृष्णप्रसाद दुलाल, ज्ञानेन्द्र दुलाल, रामगोपाल दुलाल, रन्जित रन्जितकार, प्रेमबहादुर रन्जितकार, शिवराम दुलाल, बिनोद दुलाल, लोकनाथ दुलाल, रन्जन दुलाल, केदार दुलाल, लक्ष्मण दुलाल, प्रदिन दुलाल, हरिप्रसाद दुलाल, विष्णुहरि दुलाल रहेको नेकपा नेता दामोदर दंगालले जानकारी दिनुभयो ।

नेकपा प्रवेश गरेका सबैलाई भक्तपुर इन्र्चाज दिलिप प्रजापति, सहइन्र्चाज सोमप्रसाद मिश्र, पार्टी जिल्ला अध्यक्ष बचन देउजा, नेकपा पार्टी सचिव तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार डीपी ढकाललगायतले स्वागत गर्नुभएको हो ।