काठमाडौँ, २ मंसिर । बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले पक्राउका क्रममा प्रहरीसँग नै ‘मान्छे मार्ने’ धम्की दिएका छन् । पक्राउको क्रममा उनले यस्तो धम्की दिएका हुन् ।
२ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आगो लगाउने धम्की दिएका समाचार कान्तिपुर दैनिकमा छ ।
आलम : तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ?
प्रहरी : कहाँ हामीले ठट्टा ठानेका छौँ हजुररु माननीयज्यूलाई हामी सम्मान गर्छौं । जय नेपाल, नमस्कार भनेका छौँ ।
आलम : (गाडीमा हात बजार्दै) हँ…यो जिल्लामा आग (आगो) लाग्छ, आग ।
प्रहरी : शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईंको पनि जिम्मेबारी हो नि ।
आलम : यो जिल्लामा आग लाग्छ। तपाईं हेर्दै जानुस्। भारतबाट मानिस… (उनी आफ्नो मोवाइल फोन हेर्छन्)
प्रहरी : त्यसो भन्न मिल्दैन हजुर ।
आलम : मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ। म तपाईंको के हो? म डकैत हुँरु डकैतको व्यवहार गर्नु भा’छ तपाईंहरुले ।
प्रहरी : हैन माननीयज्यू ।
आलम : अब जिल्लाभर अशान्ति हुन्छ, आगो लाग्छ । …










प्रतिक्रिया दिनुहोस्