काठमाडौँ, २ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् ।
आज राजधानीमा प्रतिष्ठानले आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको बताए ।
उनले भने, ‘अहिले स्थानीय तहले सोचेजस्तो काम गर्न सकेका छैनन् । हामीले पनि कानून बनाएर दिन ढिलो गर्यौं, ‘अब भने स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिएर बढी जिम्मेवार बनाउने छौं ।’
सम्मेलनमा जापान, भारतलगायत देश र काठमाडौं उपत्यकाका जनप्रतिनिधिको सहभागिता रहेको छ ।










प्रतिक्रिया दिनुहोस्