नवपरासी, २ मंसिर । प्रहरीले गर्भपतनको औषधि बिक्री गर्ने स्वास्थ्यकर्मीसहित ३ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकी २० वर्षीया युवतीलाई गर्भपतन गराउन एक युवकले स्थानीय क्लिनिकबाट औषधि खरिद गरेर दिएका थिए ।
प्रहरीका अनुसार युवतीले करिब ६ महिनाको गर्भ तुहाउन औषधि खाएकी थिइन् । औषधि खाएर घरमा सुतेकी युवतीको अत्यधिक पेट दुखेपछि परिवारले उपचारका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा पुर्याएका थिए ।
शौच गर्न पुगेकी युवतीले त्यहीँ पुरुष लिंग खुलेको मृत शिशुको जन्म दिएकी थिइन् । मृत शिशु फेला परेपछि चिकित्सकले प्रहरीलाई खबर गरेका थिए । सोही क्रममा उनीसहित तीन जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।
छिमेकी एक युवकसँग प्रेम सम्बन्ध रहेका कारण युवतीले गर्भ बोकेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्